फेवातालको पानी खाएर हुर्किएका पहारीलाई जिताउन लेकसाइडका युवाहरु संगठित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

फेवातालको पानी खाएर हुर्किएका पहारीलाई जिताउन लेकसाइडका युवाहरु संगठि
पोखरा,२६ कार्तिक ।
पर्यटकिय क्षेत्र लेकसाइडका युवाहरु आगामी निर्वाचनमा कास्की क्षेत्र नम्वर ३(२) मा राजीव पहारीलाई जिताउन संगठित भएका छन् । लेकसाइडलाई अन्र्तराष्ट्रिय पर्यटकिय केन्द्र बनाउन पहारीको जित आवश्यक भएको लेकसाइडका युवाहरुको ठम्याई छ । ‘लेकसाइडको सडकमा खाडलै खाडल थिए, सडकमा पानी जम्दा कायाक समेत गरेर व्याङग्य प्रदर्शन गरे, तर अहिले यहाँ पहारीले सांसद बनेपछि चिल्लो अस्फाल्ट पिच गरे’–हल्लनचोकका शोभित परियारले भने ।

पहारीको कार्यकालमा फेवातालको सौन्दर्यकरणका लागि फुटट्रयाकदेखि लेकसाइडका भित्री बाटोघाटो समेत ढलान पिच भएका छन् । राजीव पहारी लेकसाइडकै स्थानिय भएकाले पनि युवाहरुका सबै खाले समस्या पहारीले नै हल गर्ने बंग्लादीका अर्का युवा सुन्दर पहारीले बताए । ‘उहाँ फेवातालको पानी खाएर हुर्किएको मान्छे हो, यहाँको माटोले खोजेको विकास उहाँलाई नै थाहा छ, त्यसैले आगामी निर्वाचनमा फेरी पनि उहाँलाई नै जिताउन हामी लागि पर्नेछौं’–सुन्दरको भनाई छ ।

‘कोभिडबाट आक्रान्त पर्यटन व्यवसायलाई उकास्न पनि फेरी पहारीकै जितको खाँचो छ, उहाँले हाम्रो समस्या राम्ररी बुझ्नुभएको छ’ अर्का युवा सन्दीप बरालले भने । यहिबेला लेकसाइडका विभिन्न समुहहरु पहारीको पक्षमा मत माग्न घरदैलोमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्