वाईवाई छनौंट क्रिकेटमा नवलपुर ३७ रनले विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत आइतबार भएको खेलमा नवलपुर ३७ रनले विजयी भएको हो ।

टस जितेर पहिला व्याटिङ गरेको नवलपुरले पुरा ५० ओभरको खेल्दै ९ विकेटको क्षतीमा २ सय १२ रनको विशाल योगफल तयार पा¥यो । खेलमा म्यान अफ द म्याच भएका नवलपुरका दिपक डुम्रेले ११५ बलमा ८५ रनको महत्वपूर्ण पारी खेले । टिमका लागि विज्ञान पाण्डेले ३८ रन जोडे । तनहुँका बलहरु प्रदीप अर्यालले ३ तथा सचिन राज अधिकारी र रिन्जिन लामाले समान २ विकेट लिए ।

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको तनहुँले पुरा ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । तनहुँको तर्फबाट पासाङ दोर्जे तामाङले सर्वाधिक ४३ रन बनाए । रिन्जिन लामाले ३५ तथा पुस्कल गौडेलले २२ रन जोडे । नवलपुरका बलरहरु सगुन सापकोटा र शिशिर भुषालले समान ३ विकेट लिए । अपराजित पौडेलले १ विकेट लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्