खगराजको वडामा कांग्रेसलाई धक्का,पार्टी सभापति एमाले प्रवेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख एवं कास्की १(१)का उम्मेदवार खगराज अधिकारीको वडा पोखरा-३१ मा नेपाली कांग्रेसलाई नराम्रोसँग धक्का लागेको छ ।

उक्त वडाको पार्टी सभापति महेश पौडेल चुनावको मुखैमा बिहीबार नेकपा एमाले प्रवेश गरेका छन् । पौडेलसहित कांग्रेसनिकट तरुण दल जिल्ला सदस्य तथा बेगनास क्लबका पूर्वअध्यक्ष समाजसेवी राम रानाभाट र माओवादी केन्द्र निकट वाइसिएल पोखरा-३१ का अध्यक्ष हरि नेपाली पनि एमाले प्रवेश गरेका छन् ।

यी ३ जनासहित विभिन्न पार्टीका ५० जनालाई संगठन विभाग प्रमुख अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेलगायतले स्वागत गरेका थिए ।

नवप्रवेशीले अब देश विकासको आधार र जनताको भरोसा एमालेमात्रै भएकाले पुरानो पार्टी छोडेको बताए । गठबन्धनबाट स्वार्थ पूर्ति गर्नेबाहेक काम नहुने देखेपछि विकल्पका रुपमा एमाले रोजेको उनीहरुको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्