बाला चर्तुदशीमा पञ्चासेमा दर्शनार्थीकाे भीड,`पञ्चासे क्षेत्रकाे विकासका लागि प्रतिवद्ध छौँ ´: मेयर आचार्य

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा बाला चर्तुदशीमा दर्शनार्थीकाे भीड लागेकाे छ । पवित्र धामकाे रुपमा मानिने पञ्चासेमा वर्षेनी बालाचर्तुदशीमा सतविज छर्ने दर्शनार्थीकाे भिड लाग्ने गर्दछ ।

खुलेकाे हिमाल र बाला चर्तुदशीकाे अवसरमा मंगलवार लागेकाे मेलाले पनि दर्शनार्थीलाई आकर्षण गरेकाे थियाे ।
विशेष गरि बाला चर्तुदशीमा स्याङजा, कास्की,पर्वत, तनहुँ लगायतका छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरु सतविज छर्न पञ्चासे पुग्ने गर्छन् ।

धार्मिक स्थलका रुपमा प्रख्यात पञ्चासे मन्दिर पुग्न उकालाे पैदलमार्ग जानुपर्ने भए पनि दर्शनार्थीहरु बाटाे-बाटाेमा प्राकृतिक साैन्दर्य र मनमाेहक हिमालका दृश्यहरुसँगकाे तस्वीर कैद गर्दै, टिकटक बनाउँदै हिड्छन्, भने अन्तिम गन्तव्य पञ्चासे मन्दिर पुगेपछि त्यहाँकाे रमणीय र लाेभलाग्दा दृश्यले सबै थकान मेटिएकाे आभास गर्छन् ।

यसैविच पञ्चासे मेलाकाे अपलाेकन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । सो अवसरमा प्रमुख आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद रु.२५ हजार राशिकोदद संरक्षण पुरस्कार समेत हस्तान्तरण गरे ।

पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताए । यसका अलवा सो क्षेत्र तीन जिल्लाको संगमस्थल भएका कारण तीनै जिल्लाका स्थानीय सरकारहरूको एकीकृत प्रयासमा आफूहरू यसको विकासका लागि तत्पर रहेको उनकाे भनाई छ ।

‘पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यस बाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत यो रहेको छ।’प्रमुख आचार्यले भने, यसको विकासका लागि पोखरा महानगरपालिकाको एकल प्रयासले मात्र सम्भव हुदैन्, यसमा पञ्चासेसंग जोडिएका पर्वत र स्याङ्जाले समेत उत्तिकै जिम्मेवार भएर लाग्नु पर्छ ।’

पञ्चासे क्षेत्रलाई आर्युवेदको विश्वविद्यालयका रूपमा विकास गर्न सकिने उनकाे भनाई छ । पञ्चासे क्षेत्रका विषयमा सरोकार राख्ने सबै संघसंस्थाहरुको छाता संस्था बनाएर अगाडी जानुपर्नेमा समेत उनकाे जोड छ ।

यसैबिच प्रमुख आचार्यले बालाचर्तुदशी कै अवसरमा पोखरा २३ भन्ज्याङमा पञ्चासे आदर्श क्लबद्वारा आयोजित वृहद पञ्चासे संरक्षण सरसफाइ तथा ११ औँ पञ्चासे सिधाने बालाचर्तुदशी मेला २०७९ को उद्घाटन पनि गरे ।

महानगरको खेलकुद विकासमा आवश्यक पूर्वाधारहरू निर्माण गर्दै युवाहरूलाई खेलतर्फ आकर्षण सहित सक्षम खेलाडीहरू उत्पादनमा उनकाे जोड छ । आचार्यले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना जागृत गर्दै विद्यालय स्तरबाटै खेलकुदको विकास आवश्यक रहेको बताए ।

पञ्चासे जाने क्रममा आचार्यले दमदमे, सिधाने, कुद्वीडाँडा, भन्ज्याङ, पन्चदासे लगायतका स्थानमा स्थानीयहरू भेटघाट तथा अन्तरक्रिया समेत गरे । सो क्रममा स्थानीयहरूले बाटोघाटो, पानी, बत्ती लगायतका आधारभूत आवश्यकताको सहज पहुँच वृद्धिको माग गरेका छन् । महानगर भित्र पर्ने ग्रामीण क्षेत्रको विकासका लागि आफू प्रयत्नशील रहेको प्रमुख आचार्यले प्रतिबद्धता जाहेर गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्