कास्की २(१) मा एमालेका भीम कार्की विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २ (१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

पोखरा सभागृहमा बुधवार विहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार ५३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् ।

उनका निकटतम प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए । कार्कीले चार हजार ६३८ मतान्तरले भण्डारीलाई पछि पारेका हुन् ।

नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार ५४० हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले ४९३, स्वतन्त्र उम्मेदवारहरु दीपक प्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याएका छन् ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणना अनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईले अग्रता बनाएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्