कास्की ३ बाट नेकपा एमालेका दामाेदर पाैडेल ‘बैरागी’ निर्वाचित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामाेदर पाैडेल ‘बैरागी’ निर्वाचित भएका छन् ।

उनी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामजी बराललाई ५,४४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

शुक्रवार विहान सम्पन्न मतगणनामा वैरागीले २२,९८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बरालले १७,५३५ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२,१८०
मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्