लैङ्गिक हिंसा विरुद्धमा सचेतना ¥याली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गरेको छ ।

“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारा सहित सञ्चालित अभियानमा अन्तर्गत सचेतना ¥याली, अन्तरकृया, कोणसभा गर्दै आएको हो ।

कास्की जिल्ला महासंघको आयोजना तथा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पोखरा २५ हेमजामा ¥याली तथा कोणसभाको आयोजना गरियो ।

समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर लाग्नु पर्नेमा सभाका वक्ताहरुले जोड दिएका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले लैङ्गिक हिंसा समाजको विकासको वाधक भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोला र गण्डकी अध्यक्ष कालिदास सुवेदीले घरघरमा हुने हिंसालाई लुकाउन नहुनेमा जोड दिंदै लैङ्गिक हिंसा रहित समाज निर्माणमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पार्वती अधिकारी सुवेदी, फुर्केटारी सामुदायिक वन समुहका सचिव रमा त्रिपाठी लगायतले लैङ्गिक हिंसा विरुद्धमा संगठित भएर लाग्ने प्रतिवद्धता जनाए ।

त्यसअघि लैङ्गिक हिंसा तथा सामुदायिक वन अधिकारका बारेमा लेखिएका प्लेकार्ड सहितको ¥यालीले हेमजा बजार परिक्रममा गरि मध्येपहाडी लोकमार्गको मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्