अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्सेमा रेखले जितिन् कास्य पदक

  • ख-
  • ख+



पोखरा । कोरोना भाइरस (कोभिड– १९) ‘भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा नेपालकी रेख गुरुङले कास्य पदक जितेकी छन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा भएको प्रतियोगितामा रेखले ३०–४० वर्ष उमेर समुहमा कास्य पदक जितेकी हुन् ।

उक्त उमेर समुहमा अरुवाकी जेनिफर गार्सियाले स्वर्ण तथा चिलीकी मार्गरिटा आस्कोबारले रजत पदक जितेकी थिइन् । विजेताहरुले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

जुम प्रविधी मार्फत विहिबार राती सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समुहमा एकल पुम्से, एकल पारा पुम्से, फ्रिस्टायल र जुनियरमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले १ सय डलर बुझाएका थिए ।

विश्वभरी कोरोनाको संक्रमण फैलिए संगै विभिन्न खेलहरुका प्रतिष्पर्धाहरु यति बेला प्रविधी मार्फत आयोजना भइरहेका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्