फुटबलमा कास्की मोड्नाइजलाई दोहोरो उपाधि

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत पुरुष सिनियर फुटबल प्रतियोगिता तथा जुनियर तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा कास्की मोड्नाइजले दोहोरो उपाधि जितेको छ ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न भएको सिनियर फुटवलको फाइनल खेलमा लिटिल फ्लावर एकेडमीलाई कास्की मोड्नाइजले ट्राईब्रेकरमा ४–२ गोल अन्तर पराजित गरेको हो । दुबै टीमले निर्धारित समयमा ३–३ गोलको बराबरी खेले पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
पहिलो हाफको ६ औ मिनेटमा लिटिल फ्लावर एकेडमीका कुश पोर्खेलले गोल गर्दे टीमलाई अग्रता दिएका थियो । निकै रोमाञ्चक फाइनल खेलको २१ औ र २८ औ मिनेटमा कास्की मोड्नाइजका टीम क्यापटेन एसान्त पुनले दुई गोल गर्दे टीमलाई अग्रता दिलाए । त्यस्तै पुर्ण बहादुर गुरुङ खेलको ३४ औ मिनेटमा अर्को एक गोल थपे । लिटिल फ्लावर एकेडमीका विनय शाहीले २४ औ र लभ पोर्खेलले खेलको ३७ औ मिनेटमा समान एक एक गोल गरेका थिए ।

ट्राईबे्रकरमा कास्की मोड्नाइज एकेडमीका खेलाडी एसान्त पुन,प्रशान्त गुरुङ,कैलाश गुरुङ र प्रमोद थापाले गोल गर्दा लिटिल फ्लावर एकेडेमीको तर्फबाट भने दिपेश लामा र बिजन सुनारले मात्र गोल गर्न सफल भए ।

कास्की मोड्नाइज एकेडमीका तर्फ खेलाडीहरु पुर्ण बहादुर गुरुङ,एसान्त पुन,कुशल गिरी,सावन गुरुङ,प्रशान्त गुरुङ,सागर बिक,आविस्कार गुरुङ, आकाश हरमेल,कैलाश गुरुङ,प्रमोद थापा,मिसल मगर संजिप श्रेष्ठ,आरोन गुरुङ,सुसान्त गुरुङ,सन्दिप कुवँर र प्रनित कार्की रहेका थिए ।

त्यस्तै लिटिल फ्लावर एकेडमीको तर्फबाट खेलाडीहरु राम भुजेल,शिव गुरुङ,कृतिम गुरुङ,अकाश भुजेल,निसान केसी,सफल सुनार,आवास पुन,सर्मपण परियार,बिजन सुनार लभ पोर्खेल,टप बहादुर आले,सुसान्त गुरुङ,उत्सव शाही,कुश पोर्खेल,दिपेश लामा र सोनल तेलिजा पुन रहेको थिए ।

यसैबिच, जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा पनि कास्की मोड्नाइज विजयी भएको छ । माछा पोखरी खेल मैदानमा आयोजना भएको प्रतियोगितामा गोर्खा एकेडमीलाई २–१ गोलले पाखा लगाउदै कास्की मोड्नाईज एकेडमी विजयी भएको हो । कास्की मोड्नाईजको तर्फबाट बिजय सुनार र न्युयोङ गुरुङले गोल गरेका भने गोर्खा एकेडमीको तर्फबाट दिपेन घर्तीले एक गोल फर्काएका थिए । त्यस्तै सेमिफाइनलमा पराजित भएका न्यू क्रियशन र युनिभर्सल एकेडमी तेर्सो घोषित भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्