पोखराको चिडियाखाना सर्वसाधारणका लागि खुल्ला गरिदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा ।
पोखराको चिडियाखाना सर्वसाधारणका लागि छिटै खुल्ला गरिने भएको छ । यहि माघ महिना भित्र टिकटको व्यवस्था गरि खोल्ने तयारी भएको डिभिजन वन कास्कीका प्रमुख केदार बरालले जानकारी दिए ।

पुर्वामा रुपा ताल, दक्षिणमा चैनपुर-सिताको फाँट , पश्चिममा किमबेशी-खुदी र उत्तरमा पचभैयासम्म रहेको  चिडियाखाना १ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यसगरी पोखरा महानगरपालिकाको तीन वटा वडा ३०,३१ र ३२ का  पचभैया सामुदायिक वन, चैनपुर चायापानी सामुदायिक वन र चिसाकुना सामुदायिक वन गरि तिनवटा सामुदायिक वन पर्दछन् ।

यिनै सामुदायिक वनउपभोक्त समितिबाट यस केन्द्रको ब्यवस्थापन समिति निर्माण गरिएको छ । चिडियाखाना डिभिजन वन कार्यालय कास्कीको मातहत व्यवस्थापन समितिले सन्चालन गर्ने छ ।

हाल पोखरा प्राणी उद्धान/वन्यजन्तु उद्वार केन्द्रमा भएका बन्यजन्तु ब्यवस्थापन समितिको रेखदेखमा रहेकोले  समितिले सन्चालन गर्ने प्रमुख बरालले बताए । चिडियाखानामा अहिले बीस प्रजातिका ६७ जनावर रहेका छन ।

वन्यजन्तुको स्थानान्तरण

पोखरा प्राणी उद्धान/वन्यजन्तु उद्वार केन्द्रमा भएका वन्यजन्तुलाई स्थानान्तरण गरिएको छ । उद्दार केन्द्रमा भएको निल गाई,चित्तल र रतुवा मृगलाई चिडियाखानामा विहिवार  डाटिङ गनकाे प्रयाेग गरी स्थानान्तरण गरिएको हो ।

डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलिको सहयोगमा स्थानान्तरण गरेको डिभिजन वन कार्यालय कास्कीका सुचना अधिकारी  शालिकराम  पराजुलीले जानकारी दिए ।

केन्द्रमा बिरामी बन्यजन्तुलाई राख्ने , भेटेनरी डाक्टरले औषधि उपचार गरि स्वस्थ भएपछि पुन प्राकृतिक वासस्थानमा छोड्ने हुदा चिडियाखाना जस्तो स्थायी रुपले जनावर राखिदैन।

जनावरको शारीरिक बनावट बढेसंगै हाल राख्दै गरेको ठाउँबाट अन्यत्र सार्नु परेको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए ।

स्थानान्तरण गरिएको निल गाई ३ महिनाको र चित्तल ८ महिनाको बच्चा २०७२ पुस २८ गते चितावनको शंकर नगरबाट ल्याइएको थियो ।

कार्यालयले यस बर्षमा चितुवा,बन बिरालो ,ठूलो निर बिरालो , चरी बाग, निल गाइ, चित्तल, रतुवा मृग लगाएतका जनावरलाई पनि स्थानान्तरण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्