पोखरा १२ ले जेष्ठनागरिकहरुको वर्षे भरि निःशुल्क रक्त परिक्षण गर्ने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। पोखरा महानगरपालिका वडा नं.१२ ले ८० वर्ष माथिका जेष्ठनागरिकको निःशुल्क रक्त परिक्षण गर्ने भएको छ । बिहिबार आफ्नै वडाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष सन्तोष बास्तोलाले सो कुराको जानकारी दिएका हुन ।

युवा जनप्रतिनिधि अध्यक्ष बास्तोलाले गएको स्थानिय चुनावी घोषणा पत्रमा जेष्ठनागरिकहरुलाई घरमा पुगेर स्वास्थ्य सेवा दिने पुर्व निर्धारित कार्यक्रम पुरा भएकोमा खुशी व्यक्त गरे ।

‘पहिलो चरणमा हामीले जेष्ठनागरिकहरुको रक्त परिक्षणमा मृगौला,सुगर,हेमोग्लोबिन र पिसाब लगायतका परिक्षण वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क गर्ने योजना बनाएका छौ ।’ उनले भने । यस कार्यक्रमको लागि वडाले १ लाख रकम छुटएको उनले बताए । आवश्यकता अनुसार अन्य शिर्षकबाट तानतुन गरेर भए पनि निःशुल्क स्वास्थ्य सेवा थप गर्दे जाने उनको योजना रहेको छ ।

अध्यक्ष बास्तोलाले व्यवस्थिीत तवरबाट जेष्ठनागरिकहरुलाई सेवा दिनका लागि वडा सदस्य गोविन्द प्रसाद सिग्देलको नेतृत्वमा सदस्य शान्ति कोइराला अन्य दुई सदस्य गोमा देवि परियार र शान्त बहादुर थापालाई निर्देशन दिएका छन् ।

उक्त कार्यक्रमको लागि पोखरा १२ वडा कार्यालय र शितलदेवीमा रहेको गण्डकी प्याथोलोजी बीच १ वर्षका लागि संझौता भएको छ ।

कार्यक्रममा आर्दश टोल विकास समितिका कृष्ण कोइराला,लाली गुराँस टोल आमा समुहकी अध्यक्ष भगवती शर्मा बास्तोला,जय टोल विकास समिति अध्यक्ष इन्दिरा पन्त,लाली गुरास टोलका अध्यक्ष रुद्र न्यौपाने सचिव देव कुमार श्रेष्ठ,उपकारमार्गका तेजराज घिमिरे, चापापानी टोल विकासका संस्थाकी गंगा कार्की,ढिकालेथर टोल विकास समितिका अध्यक्ष गुप्त बहादुर कार्की,कुडहँरचोक टोल विकास समितिका अध्यक्ष प्रेम प्रसाद गौतम लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रम संचालन सचिव महेश्वर अर्यालले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्