प्रदेश सांसद मनाङ्गेद्वारा विपन्न ६० परिवारलाई राहत वितरण

  • ख-
  • ख+

मनाङ,३० जेठ । गण्डकी प्रदेश सांसद राजीव गुरुङ(दीपक मनाङ्गे)ले मनाङका विपन्न ६० परिवारलाई राहत वितरण गरेका छन् ।

उनले आफ्नाे निर्वाचन क्षेत्र मनाङ ‘ख’ अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका र मार्फाभूमी गाउँपालिकाका विपन्न परिवार तथा कामदारलाई दैनिक गुजारा चलाउन सहज हाेस् भनी दाल,चामल,नुन, तेल लगायतका खाद्य सामाग्री वितरण गरेका हुन् ।

निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम तथा सांसद विकास काेषकाे याेजना कार्यक्रमकाे स्थलगत अनुगमनकाे क्रममा मनाङ्गेले राहत वितरण गरेका हुन् ।

चालु आर्थिक वर्षमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १३ वटा याेजना तथा जनता आवास कार्यक्रम अन्तर्गत मनाङ जिल्लाभरि विपन्न दलित परिवारकाे लागि २५ वटा घर निर्माण कार्य सम्पन्न भईसकेकाे छ ।

गाउँगाउँमा राहत बाँड्न सक्रिय मनाङ्गेले मनाङ जिल्लामा रहेका विपन्‍न परिवारलाई महामारीकाे समयमा कुनै अभाव हुन नदिने र सक्दाे सहयोग गर्ने बताएकाे निजका स्वकिय सचिव एवं प्रवक्ता राेनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्