‘लोकतन्त्र जोगाउने जिम्मा अव बन्ने सरकारकाे’:राप्रपा नेपालका अध्यक्ष थापा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रियता, अर्थतन्त्र, लोकतन्त्र र नेपालको पहिचान जोगाउन अब बन्ने नयाँ गठबन्धनको सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

आज पोखरामा मिडिया नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले देशले भोगेको राष्ट्रियता, अर्थतन्त्र, लोकतन्त्र र नेपालको पहिचान तथा अन्य संकट र समस्याहरु समाधान हुन सके विकासले गति लिने बताएका हुन् ।

थापाले नेपालको सनातन धर्म संस्कृति निरन्तर कमजोर हुँदै गएको उल्लेख गरे । उनले आफू कुनै पनि धर्मको बिरोधि नभएको तर अहिलेकै गतिमा धर्म परिवर्तन गर्दै जाने हो भने केही दसक पछि हिन्दु धर्म पनि अल्पमतमा पर्ने सम्भावना देखेको बताए ।

पत्रकारहरुको कमल थापा सत्ता र शक्तिको पछि लागेका हल्ला साँचो कि झुट भन्ने प्रश्नमा आफु माथिको निर्मम प्रहार र आफुलाई अतिरन्जित गर्न खोजिएको प्रतिक्रिया दिए । उनले समय सापेक्ष विभिन्न राजनीतिक दलले प्रलोभन देखाए पनि आफुलाई अनुचित ढंगले प्रस्तुत नगरेको बताए ।

रणनीतिक रूपमा उदेश्य प्राप्त गर्न नया बाटो अपनाएको तर पार्टिको मुल्य मान्यता र सिद्धान्त विपरित कुनै पार्टी वा राजनीतिक दलको पछि नलाग्ने उनकाे भनाई छ ।

मंसिर ४ गते सप्पन्न प्रतिनिधि सभा सदस्यमा मकवानपुरबाट पराजित भएका थापाले निर्वाचनको समिक्षा गर्दै आफुहरु परिचित तर राप्रपा नेपाल पुनर्जागृत भएको छोटो समय भएको हुनाले मतदाता समक्ष पार्टीगत आफुहरुलाई परिचित गराउन नसकेका उल्लेख गरे ।

थापाले आगामी माघको ८ गते राप्रपा नेपालको केन्द्रिय समितिको बैठक काठमाडौमा बस्ने र २०८० भित्र पार्टीको महाधिवेशन गरि संगठन निर्माणमा क्रियाशिल रहने जानकारी दिए । पत्रकार सम्मेलनमा मिडिया नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुर्य वास्ताेलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्