पाेखरा । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले भव्य समारोहकाबीच अपराह्न ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रमलाई भव्य बनाउन र व्यापक जनसहभागिताका लागि पोखरा महानगरले पुस १७ गते आईतवार महानगरमा सार्वजनिक बिदा दिएको छ ।
महानगरले आज एक सूचना जारी गरी समुद्घाटन समारोहमा ब्यापक जनसहभागिता रहोस् भनेर महानगरपालिका कार्यालय महाशाखाहरु, शाखा, वडा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा समेत बिदा दिइएको जनाएको छ ।










