विमानस्थान उद्घाटनकाे संघारमा सरसफाई तथा सडक छेउका पुराना सवारी साधन व्यवस्थापन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
राष्ट्रिय गाैरवकाे आयाेजनाकाे रुपमा रहेकाे पाेखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलकाे भाेलि आईतवार भव्य तयारीका साथ उद्घाटन हुदैछ।

विमानस्थलकाे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्वान्ह ११ वजे गर्नेछन् । विमानस्थलकाे उद्घाटनकाे अवसरमा महानगरले पाेखरामा आईतवार सार्वजनिक विदा नै दिएकाे छ ।

उद्घाटनकाे तयारीका लागि पाेखरा महानगरले एक हप्ता भन्दा अघि देखि नै तयारी गरिरहेकाे छ ।

यसै तयारी अन्तर्गत शनिवार पाेखरा १४ आैंद्याेगिक क्षेत्रकाे प्रहरी विट अगाडिबाट चाउथे चाेकसम्म सडक र सडककाे दायाँबायाँ सरसफाई तथा सडक मापदण्डभित्र रहेका पुराना सवारी साधनलाई व्यवस्थापन गरिएकाे छ ।

पाेखरा महानगरले एक हप्ता अघि नै सम्वन्धित क्षेत्रका व्यवसायी तथा वासिन्दाहरुका लागि सूचना नै प्रकाशन तथा प्रशारण गरेर सडक मापदण्ड भित्र रहेका सम्पूर्ण किसिमका सामग्रीहरु हटाउन आग्रह गरेकाे थियाे भने शुक्रवार फिल्डमै गएर माैखिक रुपमा जानकारी गराएकाे थियाे ।

महानगरकाे सूचना अनुसार सम्वन्धित व्यवसायी / व्यक्तिले अव्यवस्थित रुपमा राखिएका निर्माण सामाग्री तथा अन्य सामाग्रीहरु हटाएका थिए भने व्यवारिसे रुपमा थन्किएका केही गाडीहरु महानगरकाे नगर प्रहरी सहितकाे टाेलीले शनिवार डाेजर नै लगाएर हटाएकाे महानगरका नगर प्रहरी नायव निरिक्षक पुरुर्षाेत्तम थापाले बताए ।

उनका अनुसार विमानस्थलमा आवतजावत हुने सडक तथा सडककाे दायाँदायाँ सरसफाई,नाला सफाई तथा सडकमा खाल्डाखुल्टि सम्याउने काम गरिएकाे छ ।

शनिवार विहान ८ वजेदेखि ४ दिउँसाे वजेसम्म भएकाे सरसफाई कार्यक्रममा नगर प्रहरी, ट्राफिक प्रहरी तथा पाेखरा १४ का वडाध्यक्ष सहितकाे टाेली सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्