गण्डकी प्रदेशलाई कोरोना विरुद्ध लड्न तमु धिं युकेको साथ

  • ख-
  • ख+


सुुरज श्रेष्ठ
पोखरा,३१ जेेठ । तमु धिं एसोसियसन युकेले गण्डकी प्रदेशलाई कोरोना विरुद्धको लडाईमा साथ दिएको छ ।

शनिबार एक कार्यक्रम गरि तमु धिं युकेले गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा उपचार कोषका लागि गण्डकी प्रदेश सरकारलाई ५ लाख, विपन्न वर्गका लागि समेत खाद्यान्न सहयोगका लागि ३ लाख ५० हजार, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका लागि २ लाख ६ हजार बराबरको पिपिइ ५० थान र केएन ९५ मास्क ३५० थान र तमु कलाकार संघलाई नगद १ लाख नगद गरि १३ लाख ६० हजार सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले संकटको समयमा कति सहयोग दियो भन्दा पनि विषम परिस्थितीमा कसले कसरी सहयोग गरेको छ । त्यसको लेखा जोखा गण्डकी प्रदेश सरकारले राख्ने बताए ।

तमु धिं गुरुङको संस्था भईकन पनि सबै जातजातीलाई समेटदै सामाजिक श्रेत्रको विकासमा यस संस्थाले खेलेको भुमिका प्रशंसनिय भएको उनले बताए ।

सो अवसरमा बोल्दै पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जोखिम मोलेर फ्रन्टलाइन्रको रुपमा काम गर्ने पत्रकारको समस्या बुझेर बिमाका लागि रकम सहयोग गरिदिएकोमा तमु धिं युकेलाई धन्यवाद दिए ।

केहि पत्रकारको बिमा कार्यरत संस्थाबाट नै भएकोले बाकी रकम २३ हजार ४ सय उहाँहरुकै आग्रह अनुसार महासंघका सदस्य नरहेका आदिबासी जनजाती पत्रकारको बिमाका लागि फोनिज कास्कीलाई हस्तान्तरण गरिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा तमु धिंका अध्यक्ष नन्द जंग गुरुङ,संस्थाका सल्लाहाकार मेजर लक्ष्मी प्रसाद गुरुङ,पूर्व अध्यक्ष मेजर डम्बर घले,मुछेत्र गुरुङ,गण्डकी प्रदेशका सांसदहरु मान बहादुर गुरुङ,मिन बहादुर गुरुङ, मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, तमु धि एसोसियसनका प्रतिनिधीहरु, तमु प्रतिष्ठान नेपाल र तमु कलकार संघका प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्