रोजिनको हेड गोलले बिवाइएसी फाइनलमा

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । पोखरामा फुटबल खेल्न कै लागि ठुलो रकम खर्चेर आएका विदेशी टोली बिवाइएसी फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा जारी २२ औ आहा ! रारा पोखरा गोल्डकपको बिहिबार सम्पन्न भएको प्रतियोगितामा चर्चब्वाइजलाई १–० गोलले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो ।

बिवाइएसीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दे हेप्पि इन्डिङ्ग गरेको थियो । खेलको ४८ औ मिनेटमा रोजिन प्रजापतिले गोल गर्दे बिवाइएसीलाई अग्रता दिलाएको थियो । उनलाई प्रविन बस्नेतले लेफ्ट फुटेट दिएको एअर बलाई हेड मार्फत गोल गरेका हो ।

चर्चब्वाइजका डिफेन्डरहरुले डेड मानेको बललाई उनले लाइन नजिक बाट लेफ्ट फुटेट सुन्दर पासलाई रोजिनले गोलमा परिणत गरको हो ।
चर्चब्वाइज नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरेको थियो । बिवाइएसी भने सिधै क्वाटरफाइनमा प्रवेश गरेको टीम हो ।

बिवाइएसीले नेपालकै चर्चित मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको थियो ।
आजको हार संगै भर्खरै मात्रै ए डिभिजनमा उक्लेको चर्चब्वाइज राइजिङ फुटबल क्लब हो । खेलको २७ औ मिनेटमा विइलिसको पासमा राइनेले गरेको प्रहार चर्चब्वाइजका गोल किपरले संकट टारेको थियो ।

खेलको ८४ औ मिनेटमा चर्चब्वाइजका आशिष चौधरीले रेडकार्ड खादै बारिएको थियो । उनी पोखरा रंगशालामा जारी २२ औ आहा रारा पोखरा गोल्डकप प्रतियोगितामा पहिलो रेडकार्ड पाउने खेलाडी बने । फाइनल खेल आजको विजेता बिवाइएसी र संकटा फुटबल क्लब बीच प्रतिस्पर्धा हुने भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्