आहा ! रारा पाेखरा गाेल्डकप: लाेकल खेलाडी चम्कदा संकटा च्याम्पियन

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । आज पोखरा रंगशालामा सम्पन्न २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल खेल संकटाले बाजी मारेको छ  । संकटाले अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लब (बिवाइएससी) लाई ३-२ गोल अन्तरले जित्दै दोस्रो पटक  च्याम्पियन बनेको हो । यस अघि २०७७ सालमा आहा रारा  गोल्डकपको च्याम्पियन भएको थियो ।

समयमा दुबै टिमले समान २–२ गोलको बराबरी खेले पछि  खेल अतिरिक्त समयमा धकलिएको थियो । पहिलो हाफमा नै बराबरी खेलेको दुबै टिमले दोस्रो हाफमा कुनै गोल गर्न  सकेन ।

खेलको ८ औ मिनेटमा संकटाका सुरज ज्यु ठकुरीले गोलको खाता खोलेका थिए । सुनिल बलले लेफ्ट साइडबाट क्रस  हानेको बल सिधै गोल पोष्टमा पुगेको थियो । उक्त  बललाई गोल किपर पुजन थापा मगरले पन्च गरेर अगाडी फाल्दा अन्मार्क रहेका  सुरजले हानेको बलले जाली चुमेको हो । टिमको लागि ३४ औं मिनेटमा मेसुकेले दोश्रो गोल गरे ।

दुई गोलले पछि परेको बिवाईएसीका निरास दर्शकलाई खेलको ३७ औ मिनेटमा रिने र पहिलो हाफको इन्जुरी टाईममा विलिसले गोल   गर्दै पहिलो हाफ हेप्पी इन्डिङ गरेको थियो । विदेशी खेलाडीको भरमा जित संम्भव भएको आरोप खेपेको संकटाका प्रशिक्षक  सल्यान खडकीलाई लोकल खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर गलत सावित गर्दिए ।

पहिला को खेलहरुमा पनि उत्कृष्ट खेलेका लोकल  खेलाडीली फाईनलमा अझ  उत्कृष्ट खेल्दा च्याम्पिन हुन बाट कसैले रोक्न सकेन । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि संकटाका सुनिल बलले पाएका छन् ।

उनले उत्कृष्ट खेलाडीको उपाधि सहित इलेक्ट्रिकल स्कुटर हात पारे । प्रतियोगितामा उत्कृष्ट हुने विभिन्न विद्यामा समेत संकटाकै खेलाडीहरुको दबदबा रह्यो ।

उत्कृष्ट गोल किपर संकटाका टेकेन्द्र सिह थापा, उत्कृष्ट मिड फिल्डमा आयूष घलान, उत्कृष्ट स्ट्राइकरमा स्टेफेन बियोङ, उत्कृष्ट प्रशिक्षकमा सल्यान खड्गीले हात पार्दा सर्वाधिक गोलकर्तामा सकटकै विदेशी खेलाडी मेसुके रहे । उनले प्रतियोगितामा कुल चार गोल गरेका थिए । यत वेष्ट डिफेन्डरमा बिवाइएससीका हेक्टर ओर्टेगाले बाजी मारे । उनीहरु सबैले ट्रफीका साथ जनही नगद २५ हजार हात पारेका छन् ।

च्याम्पियन टिम संकटाले नगद १२ लाखका साथमा ट्रफी र उपविजेता बिवाइएससीले नगद ६ लाख हात पारेको छ ।

गत पौष १४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको थियो ।

तस्विर  : सुदर्शन  रन्जित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्