मदन भण्डारी फाउण्डेशनद्वारा दिप प्रज्वलन

  • ख-
  • ख+

पाेखरा, ३१ जेठ । सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरा समावेश गरेर नेपालको नयाँ नक्सा जारी गरेकाे उपलक्ष्यमा मदन भण्डारी फाउण्डेशन कास्कीले दिप प्रज्वलन गरी खुशी मनाएको छ ।

सबै नेपाली जनता तथा राजनीतिक दलहरु एक भएर संविधान संशोधन सर्वसम्मत रुपमा सदनबाट पास भइ
नयाँ नक्सा जारी भएकाे खुसियालीमा फाउण्डेशनले शनिबार पोखराको जीरो किमीमा दिप प्रज्वलन गरेकाे हाे ।

कार्यक्रममा सहभागीहरुले लिम्पीयाधुरा सहितको नेपालको नक्सा बनाई चारैतिर मैनबत्ती बालेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, नेकपा केन्द्रीय अनुशासन आयोग सदस्य भरत पहारी, नेकपा प्रदेश कार्यालय सदस्य पुण्य पौडेल, फाउण्डेशन कास्कीका सल्लाहकार तेजनारायण अधिकारी लगायतले राष्ट्रियता बोलीबाट माटोमा देखिएकोमा खुशी व्यक्त गरेका थिए ।

उनीहरुले नेपाल सधै सार्वभौम रहेको चर्चा गर्दै लामो समय बेलायतको उपनीवेश रहेको भारतबाट राष्ट्रियता सिक्न जरूरी छैन भन्दै आफ्नो इतिहासमा गर्व गर्न आग्रह गरे ।

फाउण्डेशनका कास्की अध्यक्ष माधव बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देवेन्द्र बास्तोलाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्