मदनमणी तिमिल्सिना/पाेखरा ।
पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलबार पोखरा सभागृहमा चलिरहदा विराेध भएकाे छ । पोखरा २४ को जातिय विभेदसम्बन्धी घटना बाहिरीयसँगै नेकपा एमाले निकट वडा सदस्यहरुद्धारा महानगरको १२ औँ नगर सभामा विरोध जनाएका हुन् ।
नगरसभाको उद्घाटन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री माननीय खगराज अधिकारीले गरेसँगै आफ्नो पार्टीको तर्फबाट निर्वाचित वडा सदस्य मौयाँ नेपालीलाई पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले गरेको विभेदको विरोध स्वरुप एमाले निकट वडा अध्यक्षहरु र वडा सदस्यहरुले नगर सभामा आपति जनाउँदै विरोध गरेका हुन् ।
पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातिय विभेदजन्य र अपमानित शव्दमा आफ्नै सदस्य (दलित) माथि सार्वजनिक रुपमै गाली गरेपछि दलित महिला सदस्यले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
यतिबेला पोखरा २४ का वडाध्यक्ष प्रहरीको नियन्त्रणमा छन् । दोषीलाई कारबाही गर , समता मुलक महानगर स्थापन गर, सम्मानजनक बाच्न पाउने अधिकारको प्रताभूत गर जस्ता नारा लगाएका हुन् ।
पोखरा महानगरपालिकाको १२ औँ नगरसभामा एमालेका वडा सदस्यहरुले विरोध जनाएकासँगै मुद्धाको चर्चा चुलिन थालेको छ ।










