भारतीय राजदुतावासले रक्तदान एंव निःशुल्क स्वास्थ्य परिक्षण गर्ने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय पोखराले रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
“रक्तदान जिवनदान,जिवनदान महादान”भन्ने मुल मन्त्रलाई आत्मसात गर्दे माघ १ गते रंक्तदान साथै निःशुल्क दाँत मुख र निःशुल्क स्वास्थ्य परिक्षण एंव रक्त अल्पता,क्यान्सर तथा बिमारीको सचेतना कार्यक्रम रहेको भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय पोखराका हेर्ड कर्लक चेत बहादुर खत्रीले बताए ।

‘रक्त संचार केन्द्रमा रगत अभावलाई पूर्ति गर्न हामीले वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमलाई समावेश गरेका हौ ।’ खत्रीले भने ।
बढ्दो रगत अभावलाई पुर्ती गर्ने उद्धेश्यले आयोजना हुन लागेको रक्तदान कार्यक्रममा र्सवसाधरणले पनि सहभागिता जनाउन सक्ने छन ।

उनीहरुलाई आवश्यक दाँत मुख र निःशुल्क स्वास्थ्य परिक्षण एंव रक्त अल्पता,क्यान्सर तथा बिमारीको सचेतना कार्यक्रममा समेत सर्वसाधरणले सुविधा लिन सक्ने खत्रीले बताए ।

भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयले समाजमा आउने हरेक किसिमको सामाजिक कार्यमा भारतिय पेन्सन क्याम्प सधै साथमा रहेको बताउदै सोही अन्र्तगतको रक्तदान एंव निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम पनि भएको बताए ।

भारतीय पेन्सन क्याम्पका अनुभवी चिकित्सकहरुले बिरामीको स्वास्थ्य परिक्षण गर्ने उक्त कार्यक्रममा भारतीय पेन्सन क्याम्प वितरण कार्यालय पोखरामा बिहान ९ बजे देखि संचालन हुने छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखराले सहकार्य गर्ने छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्