निःशुल्क आखाँ शिविरमा २५६ जनाको आखाँ जाँच,६ जनाको निःशुल्क अप्रेशन

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । युवा बौद्ध संघले आयोजना गरेको निःशुल्क आखाँ शिविरमा २ सय ५६ जनाले आखाँको परिक्षण गराएका छन ।

संघले भिमाद नगरपालिका १ डुम्रीवेशीमा कार्यक्रम आयोजना गरि बिरामीको निःशुल्क आखाँको जाँच गरेको हो ।

आखाँ जाँच गर्न आएको मध्य ५० जनालाई चश्मा र अन्यलाई औषधी निःशुल्क उपलब्ध गराएको कार्यक्रम संयोजक एंव संघका उपाध्यक्ष कमला थापाले बताइन ।

शिविरमा जाँच गराउन आएका मध्य ६ जनाको आँखा अप्रेशन गर्न पर्ने भएकोले उहाँहरुलाई पोखराको घारीपाटनमा रहेको हिमालयन आँखा अस्पतालमा उपचार गराएर पठाएको र उहाँहरुको उपाचारमा खर्च भएको रकम संघले नै व्यवस्थापन गरेको संयोजक थापाले सुनाइन ।

शंकर मा. वि को प्राङ्गणमा आयोजना भएको सो कार्यक्रमका भिक्षु धज्जवन्तोले पंचशील तथा बुद्ध पुजा गरि कार्यक्रम उद्धघाटन गरेका थिए ।
संघका उपाध्यक्ष कमला थापाको सभापत्विमा सम्पन्न भएको कार्यक्रमा शंकर मा.वि.व्यवस्थापन समितिका अध्यक्ष श्री दयाराम श्रेष्ठ,ईमान सिंह थापा,नर बहादुर थापा,प्रविधिक मिलन क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन संघका सचिव सुमन शाक्य र स्वागत मन्तव्य संघका कोषाध्यक्ष शरण शाक्य गरेका थियो ।

उक्त कार्यक्रममा संघका पूर्व अध्यक्ष सकेन्द्र ताम्राकार,विनोद शाक्य,विमल उदास र सदस्यहरु गीता नेपाली,जितेन्द्र नापित,सुमेध मान बुद्धाचार्य,रवि उदास,सुनिल उदास लगायतको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्