पोखरामा महिलालाई छुट्टै क्वारेन्टाइन

  • ख-
  • ख+

पोखरा ३ असार । पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेन्टाइनको ब्यवस्था गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बृद्ध हस्पिटललाई महिलाहरुका लागि क्वारेन्टाइन बनाएको हो । नेपाल भन्दा बाहिरबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न ठाँउमा स्थानको खोजी गरिरहेको थियो ।

पहिला बृद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । बृद्ध हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । वडा नम्वर ३ का अध्यक्ष रवीन्दबहादुर प्रजुले महिलाका लागि क्वारेन्टाइन आग्रह गरेपछि आजै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष प्रजु, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइराला सहितको टोलीले आजै अनुगमन गरे । निरिक्षण गदै उपप्रमुख गुरुङले आजै २० जनाका लागि बेड तयार गर्न निर्देशन दिईन ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित २० जना राख्न सकिने गरी आज बेलुका सम्म आवश्यक ब्यवस्था मिलाउनुस उनले भनिन, ‘भारतबाट ८ जना महिला पोखरा आउदै हुनुहुन्छ उहाँहरुलाई यहाँ राख्नुपर्छ ।’ महिला पुरुषलाई एउटै ठाँउमा राख्दा बलात्कार लगायतका थुपै्र कुरा बाहिर आएका छन् उपप्रमुख गुरुङले भन्नुभयो, ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेन्टाइनको ब्यवस्था गरेका छौ ।’ क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत महिला राखिने छ । परिवार सहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने ब्यवस्था गरिएको हो । भारत लगायत अन्य देशबाट आउने महिलाहरुलाई नदिपुरमा राखिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्