लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना,चालकसहित ४२ जना घाइते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हरि पन्त/पाेखरा । पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले घटनास्थलबाट दिएको जानकारी अनुसार घाइतेहरुको उद्धार गरि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा ल्याइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाे बताईकाे छ ।

बस सडकबाट खोल्सामा खसेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्