शैक्षिक क्षेत्रमा पनि भ्रष्टाचार धेरै,आयाेगका सुझाव कार्यान्वयन गर्न सराेकारवालालाई आग्रह

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/ पाेखरा ।
कुनै पनि मुलुकलाई ध्वस्त पार्न लामो दुरीको क्षेप्यास्त्र वा आणविक हतियार प्रयोग गरिरहन आवश्यक छैन । यसका लागि त्यहाँको शैक्षिक स्तर ध्वस्त पारिदिए हुन्छ र परीक्षामा विद्यार्थीलाई चिट चोर्न दिए पुग्छ ताकि,
त्यहाँबाट उत्पादित डाक्टरबाट बिरामी मर्नेछन्,इन्जिनियरबाट बनाइएका भवन र पुलहरु ध्वस्त हुनेछन्, त्यस्ता अर्थविदबाट देशको अर्थतन्त्र डाँमाडोल हुनेछ र राज्यको सम्पत्ति हराउनेछ,
त्यस्ता धार्मिक अभियन्ताबाट मानवता मर्नेछ,त्यस्ता न्यायधीशका हातबाट न्याय मर्नेछ । त्यसैले शिक्षा ध्वस्त हुनु नै मुलुक ध्वस्त हुनु हो ।

यो दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयमा लेखेर टाँसिएको एउटा सूचना थियो । जसमा देशको भविष्य विद्यालयमा हुने शैक्षिक गतिविधिले निर्देश गर्ने उल्लेख गरिएको छ ।

भनिन्छ,विद्यार्थी काचो माटो हुन । कुमालेले जसरी माटोलाइ भाँडाको आकार दिन्छन् त्यसै गरि विद्यार्थीलाई शिक्षकले सहि मार्ग निर्देशन गरि सभ्य समाज र राष्ट्र निर्माण गर्न सक्नेछन् ।

यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय पोखराले आईतवार भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्वनमा शैक्षिक संस्थाकाे भूमिका विषयक छलफल कार्यक्रम गरेकाे हाे ।

विद्यालय तथा सरोकारवाला पक्षहरुसँग
आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने गराउने,विद्यालय तथा कार्यालयले कागजात उपलब्ध गराउँदा माग गरिए वमोजिमको प्रतिवेदन राय प्रतिक्रिया उपलब्ध गराउने,कार्यालयले कुन कुन कागजात माग गरेको हो उक्त कागजात गोलमोटल रुपमा नभइ बुँदागत रुपमा पटक पटक माग गर्नु नपर्ने गरी एकमुष्ठ उपलब्ध गराउने, माग गरिएका कागजातहरु तोकिएको मिति र समयमा उपलब्ध गराउने, आयोगले बोलाएका बखत हाजिर हुने र छानविन कार्यमा सहयोग पुर्‍याउने लगायतका अपेक्षा आयोगले गरेको छ ।

कार्यक्रममा शिक्षा क्षेत्रसँग नक्कली शैक्षिक प्रमाण पत्र, नक्कली अध्यापन अनुमतिपत्र ,विद्यालयका भौतिक संरचना निर्माणमा हिनामिना गरेको , अनावश्यक सामान खरिद, नियम विपरित खरिद गरेको, जिन्सी अभिलेख नराखेको, शिक्षक, नियुक्ति तथा सरुवा गर्दा प्रचलित कानून बमोजिमकोप्रक्रिया नपुयाएको, शिक्षक / प्राध्यापकहरु लामो समय अनुपस्थित तर तलब भत्ता खाएको , संचयकोष, बीमा, नागरिक लगानीकोष रकम लगाएत विद्यालयको रकम हिनामिना गरेको, दाखिल नगरेको, शिक्षक / प्राध्यापकहरुले अनुमति नलिई अन्यत्र काम गरेको, विद्यालय दिवा खाजा कार्यक्रममा अनियमितता, सेनीटरी प्याड वितरणमा अनियमितता,शैक्षिक संस्थाको कोषको रकम जोखिमपूर्ण ऋणमा लगाएको, नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिने गरेको, जग्गा, भवन नियम विपरित भाडामा दिई हिनामिना गरेको, सार्वजनिक जग्गा बेचविखन गरेको, मादक पदार्थ सेवन गरेको, राजनीतिमा भाग लिएको, विद्यार्थीको शैक्षिक गतिविधिमा ध्यान नदिएको , विभिन्न संघ संस्थामार्फत सहयोग/अनुदान रकम हिनामिना गरेको, आर्थिक हिसाब किताब पारदर्शी नभएको, हिनामिना गरेको, छात्रवृत्ति रकम हिनामिना, छात्रवृत्ति रकम लक्षित विद्यार्थीलाई वितरण नगरेको, कम वितरण गरेको लगायतका प्रकृति उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा आउने गरेको आयाेगले जानकारी गरायाे ।

यस्तो प्रकृतिको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी प्रचलित कानूनहरु अध्ययन गरी सुसूचित हुन , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएका सुझावहरु अध्ययन गरी कार्यान्वयन गर्ने ( ६१ बुदा), विद्यालयमा चुस्त दुरुस्त लेखा राख्ने /राख लगाउने/आम्दानी र खर्चका विल भरपाई चुस्त दुरुस्त राखे, विद्यालयको आय व्यय विवरण सार्वजनिक गर्ने, सामाजिक लेखापरिक्षण गर्ने , नियमित रुपमा आ.ल. र म.ल. गर्ने, सार्वजनिक खरिद ऐन नियमको पूर्ण परिपालना गरेर खरिद कार्य गर्ने, विद्यालय खाजा कार्यक्रम लगायत सबै कार्यक्रमहरु निर्धारित मापदण्ड बमोजिम संचालन गरेर विद्यालयमा हुने भ्रष्टाचार नियन्त्रण भूमिका खेल्न सक्ने छलफलमा बताईएकाे छ ।

यसै गरि भ्रष्टाचार नियन्त्रणमा स्थानीय निकाय / शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा महाशाखा/ शिक्षा शाखाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

विद्यालयलाई लेखा व्यवस्थापन सम्वन्धि तालिम प्रदान गर्ने , विद्यालयले आम्दानी तथा खर्चका हिसाव किताव दुरुस्त राखेको नराखेको सम्वन्धमा अनुगमन गर्ने , वार्षिक कार्यक्रमहरु नियमानुसार तोकिएको मापदण्ड पुरा भए नभएको अनुगमन गर्ने नियमानुसार गर्न लगाउने , नयाँ कानून तथा मापदण्डको समयमानै जानकारी गराई कार्यान्वयन गराउने अनियमितताको सम्बन्धमा छानविन गर्ने गराउने तथा सम्बन्धित निकायबाट कारवाही हुने विषय भए लेखि पठाउने, शिक्षक नियुक्ति गर्दा प्रकृया पूरा गरेर गरे नगरेको नियमित अनुगमन गर्ने कायले भ्रष्टचार नियन्त्रणमा कमि हुने छ ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेलले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रबाट सबै नागरिकले म म भन्नु पर्ने बताए । चाहे शिक्षण पेशामा होस चाहे अरु कुनै कर्मचारी होस जिवन्त केही नहुने भन्दै मोह लोभले चरित्रमा दाग लाग्ने र सुशासन र विकासमा पनि बाधा पुग्ने हुदा भ्रष्टाचार सामाजिक र कानुनी दुवै रुपले अपराध भएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख पार्वती शर्माले शैक्षिक संस्था र सरोकार वाला संस्थामा आउने दिनमा भ्रष्टाचार नहोस भनेर यो कार्यक्रम आयोजना गरेको बताइन् । अख्तियारमा जानुपर्छ भन्दा त्रास सिर्जना भएको देखिएको भन्दै प्रमुख शर्माले आफू सजक इमान्दार र पारदर्शी बन्न सके कोहि त्रसित हुन नपर्ने बताइन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्