अशोक पालिखेलाई निर्माण सामाग्री र संरचना हटाउन महानगरकाे पत्र,मापदण्ड मिचिएकाे ठाउँमा अनुगमन(फाेटाे फिचर)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
पाेखरा महानगरपालिका वडा नं.४ गैह्रापाटन निवासी अशाेक पालिखेलाई निर्माण सामाग्री र संरचना हटाउन महानगरले पत्र काटेकाे छ ।

पाेखरा महानगरपालिका १८ स्थित फिर्के खाेलामा खोलाको मापदण्ड मिचि तारजाति ग्याविङ्ग भरि पर्खाल निर्माण गरेकाे उजुरीका आधारमा निर्माण सामाग्री र संरचना हटाउन महानगरले पत्र काटेकाे हाे ।


पाेखरा महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसीद्वारा हस्ताक्षरित पत्रमा पत्र प्राप्त भएको मितिले ३ दिन भित्र उक्त स्थानमा भएको निर्माण सामाग्री र निर्माण भएको संरचना नहटाएमा स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार कारवाहि हुने उल्लेख छ ।

विहिवार पाेखरा महानगरकाे वडा नम्वर ४,५ र १८ काे सिमानामा पर्ने फिर्के खाेलामा महानगरका प्रमुख धनराज आचार्यसहितकाे टाेलीले अनुगमन समेत गरेकाे थियाे । अनुगमनका क्रममा महानगर प्रमुख आचार्यले नियमविपरित/ मापदण्ड विपरित काम गर्ने जाे काेहिलाई पनि कानुनी दायरामा ल्याउने बताए ।

अनुगमनमा पाेखरा ७ का वडाध्यक्ष राममाेहन आचार्य, नागरिक समाजका अध्यक्ष रामबहादुर पाैडेल, पाेखरा महानगरपालिका कार्यालयका नगर प्रहरी नायव निरिक्षक पुरुषाेत्तम थापा, सराेकारवाला निकाय तथा संघ संस्थाका प्रतिनिधि, स्थानिय तथा पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्