सांसद मनाङ्गेद्वारा वार्षिक विकास कार्यक्रमका योजना र बजेट सार्वजनिक

  • ख-
  • ख+


बालकुमारी पाैडेल ।

मनाङ,६ असार ।
गण्डकी प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङ्गे)ले आफु निर्वाचित मनाङकाे निर्वाचन क्षेत्र मनाङ `ख´काे वार्षिक विकास कार्यक्रमका योजना र बजेट सार्वजनिक गरेका छन् ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक विकास कार्यक्रम सार्वजनिक गरेसँगै शनिवार सांसद मनाङ्गेले छनौट भएका योजना र विनियोजित बजेट सार्वजनिक गरेकाे उनका स्वकिय सचिव तथा प्रवक्ता राेनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।

उनका अनुसार सार्वजनिक ३९ वटा याेजनाका लागि २४ कराेड ६३ लाख ४० हजार रुपैयाँ वजेट छुट्याईयकाे छ ।

अधिकांश योजनामा बढी भन्दा बढी जन सहभागितामा जोड दिईएको र केही छिटपुट याेजना केही दिनमा सार्वजनिक गर्ने उनले बताए ।

सांसद मनाङ्गेले छनौट भएका योजना र विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सम्वन्धित निकाय तथा स्थानिय प्राविधिकलाई आग्रह गरेकाे सचिव तथा प्रवक्ता गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्