बन्दिपुर गाउँपालिकाको समुदायमा कोरोना प्रवेश,एक हप्ता गाउँपालिका सिल

  • ख-
  • ख+

सुरज श्रेष्ठ,तनहुँ ।

बन्दिपुर गाउँपालिकामा एकै दिन ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित भएका मध्ये ८ जना क्वारेन्टाइनमा बसेकाहरु हुन । अन्य ३ जनामा सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र अस्पताल क्यान्टेनका १/१ जनामा कोरोना संक्रमण देखिएको बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए ।

“कोरोना संक्रमण देखिए पछि हिजो (सोमबार) साझ नै आपतकालिन बैठक बसी १ हप्ता गाउँपालिका शिल गर्ने निर्णय गरेको हौ ।”उनले भने ।

कोरोना संक्रमित ८ जना भारतबाट २०/२२ दिन अघि मात्र आएका थिए । उनीहरुलाई गाउँपालिले बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।

रत्न निमाबि टुडिखेलको क्वारेन्टाइनमा बसेको ७ जनामा र सिके बिके क्याम्पस डुम्रेको क्वारेन्टाइनमा बसको १ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुलाई अस्पताल भित्र नै व्यवस्थित गरि राखिएको छ । हाल सम्म उनीहरुको स्वास्थ्य अवस्था राम्रै भएको अध्यक्ष थापाले बताए ।

संवेदनशिलतालाई ध्यानमा राख्दै संक्रमितहरुको परिचय र ठेगाना सार्वजनिक नगरिएको थापाले भने ।

बन्दिपुर गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि ३२ लाख छुटएको थियो । आवश्यकता अनुसार अन्य रकम थप गर्दे जाने समेत उनले बताए ।

“आज एक हप्ताको लागि गाउँपालिका पुर्ण रुपमा शिल गरिएको माइकिङ्ग मार्फत वडा बासीलाई जानकारी गरायौ ।” सोही गाउँपालिका वडा नं.१ का अध्यक्ष भानुभक्त पोख्रेलले भने ।

पोखराबाट कन्टयाक टे«सिङको लागि थप स्वास्थ्य टोली भोलि बन्दिपुर आउने र कन्टयाक टे«सिङको कामलाई तिव्रता दिने उनले सुनाए । उनीहरुले सचेत र धर्य रही सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्