हेमजामा हिले महोत्सवकाे तयारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तारा पाैडेल/हेमजा ।
पोखरा २५ हेमजामा असार १५ गते हुने हिले महोत्सवकाे तयारी शुरु भएकाे छ ।

“कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मूल नाराका साथ हुने महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुनेछ ।

हेमजाकाे देवीस्थान सेवा समाजको आयोजनामा हुने तेस्रो हेमजा हिले महोत्सव २०८० काे तयारीका लागि साेमवार हेमजामा बसेको भेलाले समाजका अध्यक्ष हरिशरण पौडेलको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेकाे छ ।

अर्थ संकलन उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर, प्रचारप्रसार उपसमिति संयोजकमा कृष्णबहादुर कुँवर, महोत्सव व्यवस्थापन उपसमिति संयोजकमा बिष्णु प्रसाद तिमिल्सिना, स्वागत सत्कार उपसमिति संयोजकमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालन उपसमिति संयोजकको जिम्मेवारी जीवन खत्रीलाई दिइएको छ ।

भेलाले खाजा तथा खानेपानी उपसमिति संयोजकमा गोमा बाँस्तोला, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा जीवन बाँस्तोला, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा जीवन खत्री, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा खिमलाल तिमिल्सिना, यातायात व्यवस्थापन उपसमिति संयोजकमा सुवास कुँवर, पुरस्कार, मायाको चिनो तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति संयोजकको जिम्मा बिष्णु भण्डारीले पाएका छन् ।

त्यस्तै सरसफाइ उपसमिति संयोजकमा इन्द्र त्रिपाठी, सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजकमा बुद्ध देवी कुँवर, निर्णायक खेल सञ्चालन उपसमिति संयोजकमा सुविन श्रेष्ठ र महिला परिचालन उपसमिति संयोजक उमा भुर्तेल पौडेललाई दिइएको देवीस्थान सेवा समाजका सचिव जीवन खत्रीले जानकारी दिए।

हेमजालाई कृषि पकडकाे रुपमा परिचित गराउने र पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले हिले महाेत्सवलाई निरन्तरता दिईएकाे महाेत्सव संयाेजक हरिशरण पाैडेलले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्