राधा-कृष्ण मन्दिर ड्यामसाईडकाे सञ्चालन समितिकाे अध्यक्षमा हेमन्त

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा १७ ड्यामसाइडमा रहेकाे राधा-कृष्ण मन्दिरमा हेमन्त अधिकारीकाे अध्यक्षतामा १३ सदस्यीय मन्दिर सञ्चालन समिति चयन भएकाे छ ।

समितिकाे उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिवमा रमेश राज पौडेल, कोषध्यक्षमा देविलाल अधिकारी, सहसचिवमा कल्पना श्रेष्ठ सहकोषाध्यक्षमा लक्ष्मण अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा गौरवराज भण्डारी, लेखनाथ तिवारी, शिवजी बराल, मुक्ती अधिकारी, कृष्ण अधिकारी, बलराम भट्टराई र डिल्लीराम सिग्देल सर्वसम्वत चयन भए ।

समितिकाे हालै सम्पन्न साधारण सभाले मन्दिरकाे नयाँ सञ्चालन समिति चयन गरेकाे हाे ।

साथै सभाले अधिवक्ता रघुनाथ अधिकारीको अध्यक्षतामा ९ सदस्यीय प्रवन्धक समिति चयन गरेको छ ।

निर्वाचन कमिटिका संयोजक रघुनाथ अधिकारीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

साधारण सभाले रघुनाथ अधिकारी, दिग्दर्शक वाचक शिरोमणि पण्डित दिपक सापकोटा लगायत ७ जना सल्लाहकार पनि चयन गरेको छ ।

ड्यामसाइडमा २००० सालमा राधा-कृष्ण देवताको रुपमा स्थापना भई २०२९ सालमा राधा-कृष्ण मन्दिर निर्माण भएको यस मन्दिर पोखराको सबै भन्दा पुरानो र ऐतिहासिक मन्दिर हाे ।

याे आफैमा प्राचिन सम्पदा बोकेको र धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना बोकेको मन्दिर पनि हाे ।

जेष्ठ नागरिक लिल बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अथिति दिग्दर्शक वाचक शिरोमणि पण्डित दिपक सापकोटा, राधा-कृष्ण मन्दिर सञ्चालन समितिका पदाधिकारी, आजिवन सदस्य, टोल विकास संस्थाका प्रतिनिधि साथै आमा समुहको उपस्थिति रहेकाे थियाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्