तारवार लगाएर प्राईभेट बनाईएकाे एरियामा पाेखरा महानगरले डाेजर चलायाे (फाेटाे/भिडियाे)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ  के.सी/पाेखरा।

पाेखरा । पाेखरा बागलुङ बसपार्क पछाडी फिर्केखोला अतिक्रमण गरी लगाएकाे कम्पाउण्ड नगर प्रहरीले डाेजर लगाएर भत्काएकाे छ ।

पाेखरा १८ र ४ काे सिमानामा पर्ने फिर्केखाेला अतिक्रमण गरि कम्पाउण्ड लगाईएकाेे एरियामा महानगरले डाेजर लगाएर भत्काएकाे हाे ।

पाेखरा वडा नम्वर १८ काे सिमानामा समाजसेवी अशाेक पालिखे र पाेखरा वडा नम्वर ४ काे सिमानामा सगरमाथा बाेडिङ्ग स्कुलका सञ्चालक धनबहादुर थापाले फिर्केखाेलाकाे मापदण्ड मिचि तार जालि तथा पर्खाल लगाएका थिए ।

मापदण्ड मिचिएकाे जग्गामा प्राइभेट एरिया प्रवेश निशेध लेखिएकाे बाेर्ड समेत राखिएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्