औषधी व्यवसायी संघको ५० औ स्थापना दिवसको पूर्वसन्ध्यामा गण्डकीको सरसफाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल औषधी व्यवसायी संघको ५० औ स्थापना दिवसको अवसरमा नेपाल औषधी व्यवसायी संघ गण्डकीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संघको ५० औ स्थापना दिवसको पूर्व सन्ध्यामा आज पोखरा १७ बिरौटा वरिपरि सरसफाई कार्यक्रम गरेको हो ।
सरसफाई कार्यक्रममा बिरौटा १७ मा रहेको मित्रबन्धु टोल सुधार समिति र श्रृजनशिल आमा समुहको समेत उपस्थिती रहेको संघका महासचिव केशरी तिवारीले बताए ।

सरसफाई कार्यक्रम लगतै भएको अन्तरकृया कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण पाण्डेले स्थानियलाई कुनै पनि स्वास्थ्यका कार्यक्रमहरु आयोजना गर्दा संघको हल निःशुल्क उपलब्ध गराउने बताए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका सचिव यमनाथ पौड्याल,सदस्य टंक अधिकारी,नेपाल औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष विक्रम पन्त,औषधी व्यवसायी संघका थोक तर्फका उपाध्यक्ष झलक शर्मा,मित्रबन्धु टोलका अध्यक्ष सुब्बा चित्र पौड्याल,श्रृजनशिल आमा समुहका अध्यक्ष विष्णु माया केसी लगायतले मन्तव्य राखेका थिए कार्यक्रम संचालन संघका सचिव चेतनारायण पाण्डेले गरेका थिए ।

असार १० गते नेपाल औषधी व्यवसायी संघको ५० औ स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका सबै जिल्लामा व्यवसायीहरुले विभिन्न सामाजिक कार्य गरेर मनाउने तयारी रहेको संघले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्