शितलज्योति युवा क्लबको आकस्मिक रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन

  • ख-
  • ख+

सुरज श्रेष्ठ,पोखरा । शितलज्योति युवा क्लबको आकस्मिक रक्तदान कार्यक्रममा ५८.युनिट रगत संकलन भएको छ ।

क्षेत्रिय रक्त सञ्चार सेवा पोखरामा रगतको अभाव भएको जानकारी आएकोले आकस्मिक रक्तदान कार्यक्रम गरि रगत संकलन गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए ।

पोखरा १२ शितलादेवि मन्दिर परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम आसन भाषण बिना नै सम्पन्न भएको थियो ।

क्लबका निवर्तमान उपाध्यक्ष मिन प्रसाद गुरुङले रक्तदान गरि कार्यक्रमको शुरुवात भएको थियो ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई ध्यान राख्दै सामाजिक दुरि कायम गरि कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष गुरुङले बताए ।

क्षेत्रिय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले दैनिक सरदर ७० युनिट रगत आवश्यक पर्ने बताए ।

संघ संस्थाले नियमित आयोजना गर्ने रक्तदान कार्यक्रम कोरोनाको कारण प्रभावित भएकोले रगतको अभाव हुन पुगेको छ । त्यसैले शितलज्योति युवा क्लबलाई रक्तदान कार्यक्रम गर्न आग्रह गरेका हौ। उनले भने ।

कार्यक्रमको सफलताको कामना गर्दे गार्डेन युवा क्लब फुलबारीका अध्यक्ष बिनोद गुरुङले शिलतज्योति युवा क्लबलाई १० हजार आर्थिक सहयोग गरेको शुभाष गुरुङले जानकारी दिए।

त्यस्तै शितलादेवि टोल विकास संस्थाका अध्यक्ष लोक बहादुर गुरुङले १ हजार, दुर्गा बहादुर गुरुङले २ हजार ५,माछापुच्छे टोल विकास संस्था पोखरा १२ ले १ हजार ५,जयकोट सामुदायिक बन उपभोक्ता समितिबाट ५ हजार ५,शितलदेवि नेवा पुचबाट १ हजार ५ सय,शितलदेवि आमा समुहबाट २ हजार,सीता गुरुङबाट ५ सय र इन्द्र कुमारी गुरुङले जुस सहयोग गरेको सचिव पुर्ण गुरुङले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा १२ का अध्यक्ष राम बहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्