तरकारी कुहियो ग्राहक महँगोमा किन्न बाध्य

  • ख-
  • ख+

काठमाडौं- आज देश लकडाउन भएको पाँचौ दिन। सडक सुनसान छ नागरिक आफ्नो घर कोठामा छन्। सडकमा अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन्। आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन्।

यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहकबीच सम्बन्ध टुटेको छ। किसानको तरकारीजन्य उत्पादन धेरै त खेतबारी टनेलमा छन्। बजार आएको पनि पसलमा नै थन्किएको छ। अर्को तर्फ ग्राहक उपभोक्ताले तरकारी फलफूल पाएका छैनन्, पाए पनि महँगो मूल्यमा खरिद गर्नु परेको छ।

काठमाडौँ उपत्यकाको तरकारीको थोक बिक्री केन्द्र रहेको कालिमाटी बजारमा भने तरकारी कुहिन थालेको छ। बिहान २ बजेदेखि ६ बजेसम्म खरिद बिक्री गर्न निश्चित समय तोकिएपछि काठमाडौँ आएको तरकारी राम्रोसँग बिक्रि भएको छैन। राम्रोसँग बिक्री नभएको हरियो तरकारी कुहिएर फाल्नुपरेपछि काठमाडौँ महानगरले कीटनासक औषधि छर्कनु परेको छ। स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजारसम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन्।

यस्तै बल्खु तरकारी बजारमा भने केहि चहलपहल देखिएको छ। तर गुनासो भने उस्तै छ तरकारी बिक्री भएको छैन। तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ। कुहिएर बाँकी रहेको तरकारीबाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन्। सरकारले तरकारी बजारमा भएको तरकारी उपभोक्तासम्म पुर्‍याउन छुट्टै संयन्त्र बनाउनु पर्ने देखिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्