नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ । सोमवार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको १५ र १६ गते पोखरामा सो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए।

त्यसै गरि बैठकले जनवर्गिय संगठनका अधिबेशन सम्पन्न गर्ने , सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिए।

सो बैठकको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए। कार्यक्रममा महासचिव पोख्रेल सहित उप महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिब एबम गण्डकीका इन्चार्ज गोकर्ण बिष्ट , स्थायी कमिटी सदस्य खगराज अधिकारी लगाएतका नेताहरूले एमालेको अब भाबी रणनीति र संगठन मजबुतिकरण अभियानका बारेमा प्रकाश पारेका थिए।

गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका रिपोर्टिङ सहित समिक्षा गर्दै बैठक अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मोहन रेग्मी र संचालन सचिव धनन्जय दवाडीले गरेको पार्टी प्रचार तथा प्रकाशन विभाग सदस्य रामजीप्रसाद लम्सालले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्