रजत महोत्सवको उपलक्ष्यमा युवा बौद्ध संघको वृक्षरोपण

  • ख-
  • ख+

सुरज श्रेष्ठ,पोखरा । युवा बौद्ध संघ नदीपुर पोखराले शनिबार जामुनबोट शहिद पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

रजत महोत्सवको उपलक्ष्यमा बिविध कार्यक्रम अन्र्तगत शनिबार वृक्षरोपण कार्यक्रम गरेको संघका अध्यक्ष सुदिप प्रधानङ्गले बताए ।

प्रमुख अतिथि गण्डकी प्रदेश संसद विन्दु कुमार थापाले धुपीको बिरुवा रोपेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।

युवा बौद्ध संघले गरेको कार्यको प्रशंसा गर्दे मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने हरियाली संरक्षण र नयाँ बोट बिरुवा रोप्न अन्य संघ संस्था पनि लाग्नु पर्ने उनको सुझाव रहेको छ ।


जिल्ला वन डिभिजन कार्यालय दमौलीका प्रमुख केदार बरालको सहयोगमा प्राप्त भएको ८० बिरुवा शहिद पार्कमा रोपिएको कार्यक्रमको संयोजक आनन्द बर्जाचार्यले बताए ।

धर्मशीला बुद्ध बिहारका प्रमुख भिक्षु धज्जवन्तोले पञ्चशील प्रदान गरेको कार्यक्रममा संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्यले संघको परिचय गराएका थिए। कार्यक्रम संचालन संघका सचिव कमला थापाले गरेकी थिइन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्