पोखरा २५ वडा कार्यालयका १ वर्षे उपलब्धी सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

श्रीभद्र पौडेल/हेमजा । पोखरा २५ वडा कार्यालयले गत आव.मा गरेका मुख्य उपलब्धीहरु सार्वजनिक गरेको छ ।

वडाले आइतवार पत्रकारसँग भेटघाट कार्यक्रमका बीच उपलब्धीहरु सार्वजनिक गरेको हो ।त्यस अवसरमा गत आवको वार्षिक समीक्षा एवम् चालु आवका कार्ययोजना लक्षित अन्र्तक्रिया समेत भयो ।

महानगर प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले गत वर्ष उपलब्धीमूलक बनेको चर्चा गर्दै जनप्रतिनिधीहरु गम्भिर भएर वडा निर्माणमा जुटीरहेको दावी गरे ।

उनले गत वर्ष पुँजीगततर्फ ९७ र चालुतर्फ ९८ प्रतिशत रकम खर्च भएको जानकारी दिर्दै वडावासीको सहयोगमा वडा चलाएमान् हँदै आएको स्पष्ट पारे ।

वडाध्यक्ष तिम्सिनाले सामुदायिक विद्यालय सुधार योजना निर्माण गरी विद्यालय वस खरिद सुरु गरिएको, स्वास्थ्य चौकीलाई शहरी स्वास्थ्य चौकीमा स्तरउन्नतीका लागि पूर्वाधार निर्माणको काम अगाडि बढेको, गरिव विपन्न वडावासीको निःशुल्क स्वास्थ्य विमा गरिएको, कृषकलाई अनुदानमा बीऊ ,विजन वितरण गरेको लगायतलाई १ वर्षे उपलब्धी भएको बताए ।

त्यसैगरी वडामा दुग्ध प्रशोधन केन्द्र निर्माणको प्रारम्भिक कार्य अगाडि बढेको, ३३ वटै टोल विकास संस्थालाई पुनःगठन मार्फत सक्रिय पारिएको, सुईखेत डुवान नियन्त्रणका लागि कार्य गरिएको , चौरासी नहरको मर्मत गरिएको, सार्वजनिक जग्गाको संरक्षण थालेको लगायतलाई पनि आफ्नो १ वर्षे उपलब्धीका रुपमा समेटेको बताए ।

वडाध्यक्ष तिम्सिनाले उज्यालो वडा निर्माणका लागि मिलनचोकमा हाईमास्ट जडान तथा अन्य चोकहरुमा सडक बत्ती राखिएको, वडाका ६८ वटा चोक÷सडकको नामाकरण गरि सूचना पार्टी टासिएको लगायतलाई पनि उपलब्धी मानेका छन् ।

वडा सचिव सुवोध खनालले गत आवमा वडामा कुल ७ सय ५० मिटर सडक पिच , १ हजार ४ सय २० मिटर सडक ढलान, करिव ४ किलोमिटर सडक स्तरउन्नती गरिएको जानकारी दिर्दै वडाले कृषि प्रयोजनका लागि निःशुल्क सिफारिस उपलक्ध गराउने गरेको बताए ।उनले नागरिक सहायता कक्ष मार्फत वडामा विचौलियाँलाई निरुत्साहित गर्न खोजेको स्पष्ट पनि पारे ।

वडा कार्यालयले चालु आवका कार्ययोजना लक्षित गरी उद्योगी व्यवसायी, युवा क्लव, कृषक साथै बैक तथा वित्तिय संस्थाका प्रतिनिधीसँग पनि छलफल गर्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्