पाेखरा ७ स्थित मासवारमा सरसफाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ७ ले  आइतवार बृहत सरसफाई गरेकाे छ । वडाले मासवारस्थित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगबाट पुस्करेश्वर मन्दिरसम्म सरसफाई गरेकाे हाे।

 सरसफाई कार्यक्रममा वडा नम्वर ७ का जनप्रतिनिधि,नगर प्रहरी, शिव पुष्करेश्वर  मन्दिर व्यवस्थाप समिति, पाेखरीपाटन टाेल विकास संस्था,

सुगम गहनमार्ग टाेल विकास संस्था, नुवारथाेक टाेलविकास संस्था, शान्तिनगर टाेल विकास संस्था, माछापुच्छ्रे,महिला समिति,नागरिक समाज, महानगरपालिकाकाे सरसफाई शाखा,अख्तियार तथा  स्थानियहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

आफ्नाे टाेल आफ्नै सफा राखाैं भन्ने अभिप्रायले स्थानियहरु स्वस्फुर्त रुपमा सरसफाईमा सहभागि भएका थिए ।

पछिल्लाे समय बढ्दाे डेंगीकाे प्रकाेप र नजिकिदै गरेका नेपालीहरुका महान चाडपर्वहरु लक्षित गर्दै वडाले सरसफाई कार्यक्रम गरेकाे वडाध्यक्ष राममाेहन आचार्यले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्