इजरायलमा ज्यान गुमाएका नेपालीहरुलाई श्रदाञ्जलीसँगै सम्झनामा दिप प्रज्वलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
इजरायलमा ज्यान गुमाएका नेपालीहरु प्रति श्रदाञ्जलीसँगै उनीहरुको सम्झनामा मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सिम्पानी चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

त्रि–शक्ति समाज सेवा क्लव, पोखरा १ सिम्पानीको आयोजनामा इजरायल र हमास विचको युद्धमा ज्यान गुमाएका सम्पुर्ण नेपालीहरुमा भावपुर्ण श्रदाञ्जली अर्पण सगै उनीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । दिवंगत नेपालीहरुको सम्झनामा आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष सगै कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्दै कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष शिव केसीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्