सुरेन्द्र लामिछानेको शब्दमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडियो सार्वजनिक

  • ख-
  • ख+

काठमाण्डौ – गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र चर्चीत गायिका समिक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेको संगीत रहेको यस गीतलाई निर्देशक कुमार केसीले निर्देशन गरेका हुन् । भिडियोमा एक सामान्य युवा युवतीको अव्यक्त प्रेम, बीचमा आएका उतार चढावलाई रोचक ढंगले प्रस्तुत गर्दै संयोगान्तमा टुंङग्याईएको छ ।

भिडियोमा गीतका रचनाकार स्वयं सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाको जीवन्त अभिनय देख्न सकिन्छ ।

अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको यस भिडियोलाई युट्युब च्यानल प्रसाद डिजिटल म्यूजिक मार्फत सार्वजनिक गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्