म्याद गुज्रेका सामान वेच्ने ६ वटा पसललाई कारवाही

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । म्याद गुज्रेका खाद्य सामान वेच्ने ६ वटा पसललाई पाेखरा वडा नम्वर ५ ले कारवाहीकाे लागि सिफारिस गरेकाे छ । विहिवार वडा स्तरीय बजार अनुगमनका क्रममा ८ वटा पसलमा अनुगमन गर्दा ६ वटा पसलबाट म्याद गुज्रेका सामानरु  म्याद गुजेका सामानहरु बरामद भएकोले नियमानुसार कारवाहीकाे लागि सिफारिस गरिएकाे वडा नम्वर ५ का वडा सदस्य तथा वजार अनुगमन समितिका संयाेजक  कल्पना भुवाजि क्षेत्रीले बताईन् ।

अनुगमनमा पोखरा महानगरपालिका वडा कार्यालय वडा नं ५ का अध्यक्ष विष्णु प्रसाद बराल, वडा सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य  गोविन्द प्रसाद पराजुली, वडा सदस्य मणिराम बराल, पो.म.न.पा. का खाद्य अधिकृत स्मिता पौडेल पो.म.न.पा वडा कार्यालय- ०५ का कर्मचारी गौरा रिमाल, नगर प्रहरी , वैदाम प्रहरी , सञ्चारकर्मी लगायतकाे सहभागिता थियाे ।

चाडपर्वकाे समयमा पसलले अखाद्य सामान वेचि जनस्वास्थ्यमा लापारवाहि नगरुन भन्नाका लागि वजार अनुगमन गरिएकाे र यसलाई निरन्तरता दिईने वडाध्यक्ष विष्णुप्रसाद वरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्