मुक्ति सेनाका क्षेत्रीय कमाण्डर स्वर्गीय चित्रबहादुर गुरुङको ३३ औ स्मृति सभा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले प्राप्त उपलव्धिको रक्षा गर्दै अग्रजले देखेका सपना पुरा गर्ने दायित्व सवैको भएको बताएकन छन् ।

नेकपा एमाले पोखरा १७ द्धारा आयोजित २००७ सालका मुक्ति सेनाका क्षेत्रीय कमाण्डर स्वर्गीय चित्रबहादुर गुरुङको ३३ औ स्मृति सभामा बोल्दै उनले देश र जनताको अवस्थामा खासै परिवर्तन आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

मुलुकमा अधिकार स्थापनाका लागि राजनैतिक पार्टीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै अध्यक्ष शर्माले समाज निर्माण गर्ने जिम्मेवारी पनि राजनैतिक पार्टीको भएको बताए ।

चित्रवहादुर गुरुङ स्मृति प्रतिष्ठानको सल्लाहकार अधिवक्ता तिलक पराजुलीले निडर एवम् हक्कि स्वभावका गुरुङले निजी जिवन भन्दा माथि उठेर देश र जनताको पक्षमा अतुलनिय योगदान पु¥याउनु भएको उल्लेख गरे ।

नेकपा एमाले पोखरा १७ का अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको स्मृति समाभा स्वर्गिय गुरुङकी नातिनी बुहारी शान्ता गुरुङ र पार्टी सचिव विक्रम गुरुङले अधिकार स्थापित गर्दै पार्टी निर्माणमा स्वर्गीग गुरुङको योगदानका बारेमा चर्चा गरेका थिए ।

मुस्ताङचोकमा रहेको स्वर्गीय गुरुङको अर्धकदको शालिकमा पार्टी अध्यक्ष नवराज शर्मा, पोखरा १७ वडाअध्यक्ष राधिका शाही योगि लगायत नेकपा एमालेका कार्यकर्ता, परिवारजन, उनका सुभेच्छुक र शुवचिन्तकले माल्यार्पण गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्