‘भ्रष्ट्रचारले देश नै विकराल’: राप्रपा नेपालका अध्यक्ष थापा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले भ्रष्टाचारले देश धेरै नै विकराल भएको बताएका छन् । उनले जनतालाई भुटानी शरणार्थी बनाए मानव तस्करीमा राज्य र सरकार नै भष्ट्रचारमा लागेको आराेप लगाए ।

देशमा भविष्य नदेखेपछि युवाहरु विदेशीन लागेको थापाको भनाई छ । थापाले देशलाई संकटबाट बचाउनकाे लागि जनता सडकमा आउनुपर्ने अवस्था आएको बताए ।

पाेखरामा भएकाे कार्यक्रममा तेस्रो जनआन्दोलनको घाेषणा गरेको जानकारी दिदै उनले आन्दोलन कसैको विरुद्धमा नभई देश संकटमा रहेको कारण देशलाई संकटमुक्त बनाउन आन्दोलन सुरु गरिएको जानकारी दिए । प्रमुख दलले देशमा सामान्य सुधार गर्न नसकेको थापाको दावी छ ।

विदेशीकाे दवाव र प्रभाव नेपालमा तिब्र रुपले अघि बढेको उनकाे धारणा छ ।

यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देल पक्षका केन्द्रीय सदस्य जयलाल पुन कमल थापा पक्षमा प्रवेश गरेका छन् । उनी सहित काेपिला भण्डारी, सरस्वती भुजेल, दान बहादुर कार्की, प्रकाश कार्की, दिलमाया परियार, चिराग थापा लगायतले पार्टी प्रवेश गरेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष तारा लुईटेल पहिलो र दाेस्राे जनआन्दोलनले देशको विकास गर्न नसकेको बताए । संघियताले देशलाई निकास दिन नसक्ने दावी गरे ।

पार्टीका महामन्त्री कृषि कार्की काँग्रेस विग्रेकाे कारण काँग्रेस छाडेको र राप्रपामा लागेको बताए । नेपाललाई हिन्दु राष्ट्र बनाउन सबैलाई आवहान गरे ।

संगठन विभाग प्रमुख महामन्त्री राजाराम बताैला राज्य व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको धारण राखे । अहिले राज्य प्रणालीमा विकल्प चाहिएको बताउदै त्यो विकल्प राप्रपा नेपालले दिन सक्ने दावी गरे । गणतन्त्रले भष्ट्रचारलाई संस्थागत गरेको आराेप लगाए ।

नागरिक अधिकार कर्मी विष्णु तिवारी, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्की अध्यक्ष चिनु दवाडी, विश्व हिन्दु महासंघ कास्की अध्यक्ष डाक्टर सुजन बाबु पाैडेल लगायतले कार्यक्रममा भनाई राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्