
पाेखरा । तिहारकाे दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
यमपञ्चकको यस अवधिमा आइतबार बिहान नरक चतुर्दशी परेकाले सूयोदयपूर्व पवित्र नदीमा गएर स्नान गरेर नर्क बगाएमा नरकमा पर्नु पर्दैन भन्ने विश्वास पनि छ ।
यसै विच आईतवार साँझ नै लक्ष्मी पूजा गरिदैछ । दिउँसाे २ वजेर १४ मिनेटपछि चतुर्दशी तिथि समाप्त भएर आैंसी तिथि लाग्ने भएकाेले आईतवार साँझ नै घर-घरमा दिपावली गरेर लक्ष्मी पूजा गरिने भएकाे हाे ।
परदाेष काल वृशव लग्नमा लक्ष्मी पूजा गर्न उत्तम हुने भएकाेले ५:१७ मिनेटदेखि ७:१९ सम्म लक्ष्मी पूजा गर्न सकिने धर्म शास्त्रीहरुले बताएका छन् ।