अर्वुद रोग निवारण संस्था कास्कीको बार्षिकोत्सव सम्पन्न

  • ख-
  • ख+


सुरज श्रेष्ठ/पोखरा,भदौ ३१। अर्बुद रोग निवारण संस्था कास्कीले ३८ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

महेन्द्रपुलमा रहेको आफ्नै भवनको बैठक कक्षमा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।
विश्व भर कोरोनाको कहर भई रहेको यो विषम परिस्थितिलाई मध्य नजर गरि सिमित व्यातिmहरुको उपस्थिति माझ बार्षिकोत्सव मनाउन परेको संस्थाका सचिव नारायण प्रसाद पराजुलीले बताए ।

प्रमुख अतिथि अर्वुद रोग निवारण संस्था कास्कीका पूर्व सभापति एंव पूर्व केन्द्रिय उप-कोषाध्यक्ष माधव प्रसाद सिग्देलले कास्की शाखा अन्य शाखा भन्दा उत्कृष्ट हुदै आएको छ । यसलाई निरन्तरता दिन पर्ने बताए । साथै कास्कीका सदस्यले केन्द्र हाक्न सक्ने क्षमता राख्न र त्यही अनुरुप कार्य गर्न समेत सुझाए ।

संस्थाका निवर्तमान सभापति राम प्रसाद बस्ताकोटीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

अबको समय भनेको क्यान्सर रोग लागेकाले घरमा चिन्तित भएर बस्नु पर्देन उपचार सहज भई सकेको छ । आफुलाई भएका समस्या संबन्धित चिकित्सक संग परिक्षण गराई अघि बढे अन्य रोग सरह नै निको हुने सहभागी वक्ताहरुले सुझाएका छन् ।

अर्वुद रोग निवारण संस्थाले विभिन्न स्थानिय स्तरका संघ संस्थाहरु संग सहकार्य गरि जनचेतनाका कार्यहरुलाई निरन्तरता दिदै आई रहेका उप-सभापति प्रेम भुजेलले बताए ।

कार्यक्रम अर्वुद रोग निवारण संस्था कास्कीका सभापति राम चन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

पोखरा महानगरपालिका ९ का सचिव लोक दर्शन कोइरालाले कुनै पनि वडाको एउटा क्षेत्रलाई टोबाको फ्रि जोन बनाउन यो संस्थाले नेतृत्व दायी भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा पिएम सि सि प्रेम बहादुर श्रेष्ठ,नागरिक समाज कास्कीका अध्यक्ष इन्द्र कमल मानन्धर,अर्वुद रोग निवारण संस्था कास्कीका उप-सभापति विश्व मोहन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य संस्थाका उप-सभापति प्रेम भुजेलले र कार्यक्रम संचालन संस्थाका सचिव नारायण प्रसाद पराजुलीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्