उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार

  • ख-
  • ख+

काठमाडौं । उपचार खर्च तिर्न नसकेर २ महिनादेखि अस्पतालमा बन्धक जस्तै बनाइएका सप्तरीका २ जनाको उद्धार गरिएको छ ।

प्रदेश नम्बर २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा सहितको पहलमा सप्तरीका शिवचन्द्र शदा र मिलयादेवी सदाको उद्धार भएको हो ।

गाउँका तथाकथित ठूलो जातिका मानिसले मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएका उनीहरु विराटनगरको गोल्डेन हस्पिटलमा भर्ना भएका थिए । तर, अस्पतालमा उपचार खर्च तिर्न नसकेर उनीहरु २ महिनादेखि बन्धक जस्तै थिए ।

उनीहरुको उपचार खर्च तिरेर अस्पतालबाट उद्धार गर्ने भनेर मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै निर्णय गरे पनि कर्मचारीहरुले विभिन्न फाइल खडा गरेर रकम निकासामा ढिलासुस्ती गरेको पाइएको छ ।

प्रदेश नम्बर २ का मुख्य न्यायाधीवक्ता झाले दुवैजनाको उपचार खर्च तिर्नुका साथै घरसम्म पठाउनका लागि एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्