भोलिदेखि चल्दैछन् लामो दूरीका यातायात, जोर-बिजोर प्रणाली लागू नहुने

  • ख-
  • ख+

भोलिबाट लामो दूरीको सार्वजनिक यातायात चल्ने भएको छ। सवारी साधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने भएको छ ।

सरकारले भदौ ३१ सम्म लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीको यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले लामो तथा मध्यम दुरीका सवारी साधन सन्चालनमा जोर-बिजोर प्रणाली लागू नहुने बताए। काठमाडौं उपत्यकामा जोर-बिजोर लागू भइरहेका बेला लामो दूरीका सवारी साधनमा के हुन्छ भन्ने अन्योल थियो ।

सरकारले सबै सार्वजनिक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। जसमा व्यवसायीले थप ५० प्रतिशत भाडा यात्रुसँग लिन पाउनेछन् ।

छोटो दूरीको सार्वजनिक यातायातका लागि मापदण्ड बनाए पनि लामो दूरीको लागि भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल थालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्