बिहिवारदेखि लेकसाइडमा सडक महोत्सव,५ लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारासहित पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा विहिवारदेखि पोखरा सडक महोत्सव शुरु हुदैछ ।

महोत्सव २५ वर्ष पुगेसँगै रजत जयन्तीका अवसरमा यस वर्ष थप आकर्षण हुने आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले जनाएको छ ।

अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यहि पुष १२ गते विहिवारदेखि शुरु हुने सडक महोत्सव १६ गतेसम्म अर्थात अंग्रेजी मितिअनुसार डिसेम्बर २८ देखि जनवरी १ सम्म सञ्चालन हुनेछ ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारह, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, स्वदेशी हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, कृषि, वनस्पती लगायतका कृषि उपज सामग्रीह?को प्रदर्शनी, बाल उद्यान, पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकिय गन्तब्यको प्रवद्र्धनात्मक प्रस्तुतीसमेत रहने रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली अन्तर्गत चितवनबाट थारुहरुको भेषभुषा सहितको थारु स्टिक नाच, सिन्धुलीवाट महिलाहरुको पञ्चेवाजा, रुकुमवाट मयुर नृत्य, शसस्त्र प्रहरीको व्याण्ड बाजा, नौमती पञ्चेबाजा, गुरुङ्ग छेडु नृत्य, त्रिवेणी समुहको संगित, राइ लिम्बु जातिको धान नाच, नेवार जातिको लाखे नृत्य, शिव भजन, मगर जातीको कौडा नाच, झलकमान समुहको संगित, जोजिजु समुहको संगित, रहनेछन् ।

त्यस्तै, हिमाली सांस्कृतीक परिवारको साँस्कृतिक कार्यक्रम, एस के डान्स ग्रुपकोे साँस्कृतिक कार्यक्रम,काठमाण्डौंवाट आउने कलाकारको इस्टुमेन्टल संगित, विभिन्न जातजातीको मौलिक भेषभुषा साँस्कृतिक कार्यक्रम सहितको झाकी प्रर्दशनी लगायतका प्रतियोगिता पनि महोत्सवमा हुनेछन् ।

 


महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच वेटर रेस प्रतियोगिता, डोरी तान्ने (टग अफ वार) प्रतियोगिता, भलिबल प्रतियोगिता, बालबालिकाका लागि चित्रकला प्रतियोगिता, स्पुन रेस प्रतियोगिता, कोकाकोला तथा वियर पिउने प्रतियोगिता, म:म: तथा ससेज खाने प्रतियोगिता पनि हुने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए ।

महोत्सवको अवसरमा यस वर्ष पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम हुने महासचिव भट्टराईले बताए ।

महोत्सवको करीब ५ लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक रेवान पोखराको अपेक्षा छ । त्यसका लागि आवश्यक प्रचारप्रसार तथा तयारी गरिएको आयोजकले जानकारी दिएको छ । पोखरामा आन्तरिक पाहुना भित्र्याउने सबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै आयोजकले यो पटक भित्रिने पाहुनाको संख्या अघिल्ला वर्ष भन्दा झनै बढी हुने बतायो । पर्यटकलाई लक्षित गरेर आयोजकले होटल तथा रेष्टुरेण्टको ब्यबस्थापन गरिसकेको जनाएको छ ।

पोखरालाई ‘अग्रेंजी नयाँ बर्षको गन्तव्य स्थल’ रूपमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन गर्ने, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रफलमा सडक महोत्सव गर्न लागिएको आयोजक रेवान पोखराले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्