वडाध्यक्षद्वारा गैडाकोटमा उच्च ज्वरो आएका बिरामीको उद्धार

  • ख-
  • ख+

गैंडाकोट, १९ चैत । कोरोना भाईरसको प्रकोपका कारण नेपालभरि नै लकडाउन लागूको छ ।

लकडाउनमा केही अत्यावश्यक सेवाबाटसर्वसाधारण बन्चित रहनुपरेको छ ।

नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन भने पनि नवलपुर जिल्लामा ती सेवाहरू सञ्चालन हुन सकेको छैन ।

गैंडाकोट नगरपालिकाको घटनाले अत्यावसेक सेवा सञ्चालन हुन सकेको छैन भन्ने प्रमाण दिएको छ ।

दश दिनअधि सुनौली नाकाबाट आएका गैंडाकोट ५ बैकुण्ठनगरका २३ वर्षीय सापकोटा थर का एक व्याक्तिलाई तीन दिनदेखि लगातार उच्च ज्वरो आउँदा समस्यामा परे ।

लकडाउनले गर्दा सवारी साधन पाउन सकेनन् । एम्बुलेन्सले पनि बिरामी बोक्न मानेन ।

सापकोटाले आफूलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंका गरेका थिए ।

तेस्रो दिनमा सापकोटा बिरामी परेको वडाध्यक्ष नवराज कँडेलले थाहा पाए । वडाध्यक्ष कँडेल सापकोटालाई उपचार गराउन लैजान आफैले घरमै एम्बुलेन्स लिएर गए ।

वडाध्यक्ष कँडेलको पहलमा सापकोटालाई भरतपुर अस्पताल पुर्‍याइएको छ । सरकारको निर्देशन र आफू वडाको अभिभावक भएकाले वडावासीको सेवामा दिनरात खटिएको कँडेलले बताएका छन् ।

बिरामीले एम्बुलेन्स नपाएको विषयमा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरपालिकाभित्र चार वटा एम्बुलेन्स रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्