डुम्रे साँस्कृतिक युवा परिवारले लगभग ३ लाख खर्चेर गर्यो निःशुल्क आँखा शिविर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तनहुँँ । डुम्रे साँस्कृतिक युवा परिवार तनहुँले लगभग ३ लाख खर्चेर त्यहाँका स्थानियको निःशुल्क आँखा जाँच गरेको छ । युवा परिवारले आफ्नै भवनमा सम्पन्न गरेको उक्त शिविरमा चार सय ५० जनाले निःशुल्क आँखाको जाँच गराएका थिए ।

हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग रहेको उक्त शिविरमा निःशुल्क आँखा जाँच गर्नुको साथै ४ सय चस्मा र औैषधी समेत निःशुल्क प्रदान गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले जनाएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बन्दिपुर गाँउपालिका अध्यक्ष सुरेन्द्र थापाले नागरिक स्वास्थ्य प्रति स्थानिय सरकार सदैब सचेत रहेको बताउदै यस्ता कार्यक्रममा बन्दिपुर गाँउपालिकाको तर्फबाट सहयोग रहने बताएका छन ।

पुर्व अध्यक्ष राजेन्द्र पियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बन्दिपुर १ का वडा अध्यक्ष शिव श्रेष्ठ,हरिहर महिला समुहको अध्यक्ष सरिता पिया,कार्यक्रमका सह–संयोजक ध्रुव श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

हिमालयन आँखा अस्पताल घारीपाटनका नेत्ररोग विशेषज्ञ गोबिन्द ढकाल र पल्लबी सुल्पेले आँखाको महत्व र आँखा रोग बाट बच्ने उपाय बारे जानकारी गराएका थिए ।

श्री छपेली साँस्कृतिक युवा परिवार,डुम्रे साँस्कृतिक शौचालय,श्री मनास्लु मावि,डुम्रे टोल विकास संस्था,श्री धुव्रतारा युवा क्लब नाहाला,न्यू जय लक्ष्मी सुन चाँदी पसल,डुम्रे बर्गर हाउस,होटल तुल्सी इन,हरिहर महिला समुह र जेसिआई भानु बन्दिपुरको प्रत्यक्ष सहयोग रहेको थियो ।

रास्वपाका सासंद डा.स्वर्णिम वाग्ले र शिव नेपालीले विशेष सहयोग रहेको उक्त शिविरमा १६ जना मोतियाबिन्दुको बिरामी भेटिएको र उनीहरुलाई थप उपचारको लागि हिमालयन आँखा अस्पताल घारी पाटन रिफर गरिएको संयोजक श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्